Home + Contact us + Events + News + Journal + Statute
 
सूचना PDF Print E-mail
Wednesday, 30 December 2009 15:43

श्रीआजीवनसदस्य ज्यु
दक्षिण एशियाली ज्योतिष महासंघ
 
विषयः– महाधिवेशनमा सहभागी हुने सम्बन्धमा।  
    उपर्युक्त विषयमा महासंघको दोस्रो महाधिवेशन निम्न मिति, स्थान र समयमा बोलाइएको व्यहोरा सहर्ष अवगत गराइन्छ। यो महाधिवेशनमा अनिवार्य उपस्थितिका लागि यो पत्राचार गरिएको छ।  
मितिः– २०६६ पौष २२ गते बुधवार र २३ गते बिहीवारका दिन
स्थानः– अग्रवाल भवन, कमलपोखरी, काठमाडौं  
समयः– बिहान ठीक ११ बजे  
 
१. विधानतः पालना गर्नुपर्ने नियमहरुः–
(क) महाधिवेशनमा उपस्थित हुने सबै सदस्यहरु केन्द्रीय सभासद् हुनेछन्। त्यसकालागि महासंघको संशोधित विधान २०६५ को दफा ३३.१ (झ) ब्ामोजिम केन्द्रीय सभासद् हुन प्रति वर्ष रु.३००/– शुल्क लाग्छ।  अतः यस महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिको कार्यकाल विधानतः ३ वर्षसम्म रहने हुदाँ ३ बर्षको शुल्क एकमुष्ट रु.९००/– भुत्तान गरी रसिद लिनु पर्नेछ।  
(ख) संस्थागत सदस्यहरुबाट आउने सभासद्हरु विधानको दफा ३३.१ (ग)  र (घ) बमोजिम नै हुनेछन्।  
(ग) केन्द्रीय सभासद्हरूमात्र उमेद्वार वा मतदाता बन्न पाउनेछन्।  
(घ) विधानको दफा ५६ (ङ) बमोजिम केन्द्रीय सदस्यको उमेद्वारी शुल्क रू.१,५००/– भुत्तान गर्नुपर्नेछ।  
(ङ) पौष १५ गतेभित्र रीतपूर्वक प्राप्त केन्द्रीय सभासद्हरुको विवरण मन्दाकिनी वर्ष ७ अंक ४ मा प्रकाशित गरिने छ, तर केन्द्रीय सभासद् बन्ने अन्तिम मिति पौष २० गते सम्म रहने छ।  
(च) मन्दाकिनी वर्ष ७ अंक ४ मा आजीवनसदस्यज्यूहरुको संक्षिप्त विवरणसहित तस्वीर प्रकाशित गरिनेभएकोले त्यसकालागि उक्त मितिभित्र रु.६००/– अतिरिक्त शुल्कका साथै आफ्नो व्यत्तिगत विवरण (बायोडाटा) र २ प्रति पि.पि. साइजको रङ्गिन फोटा, नागरिकताको प्रतिलिपिसमेत उपलब्ध गराउनका लागि सम्पूर्ण आजिवनसदस्यज्यूहरूलाई जानकारी गराइन्छ।  
 
क्ार्यक्रम
१) २२ गते बिहान ठीक ११ः०० बजे उद्घाटन,
    १३–१३.४५ बजेसम्म खाजा,
    १४ः०० बजे बन्दसत्र अगाारम्भ र सोही दिन उमेदवारी दर्ता  
२) २३ गते बिहान ठीक ११ः०० बजे निर्वाचनसम्बन्धी थप कार्यक्रम सुरू,
 
निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने छ।  
 
सम्पर्कः– ९८५१००५९६३, ९८४१४०४१५९, ९८४१२२३१२६, ९८५१०८९४५१, ९७५१००२८३२
 
 
 
Home + Contact us + Events + News + Journal + Statute